संसद भवनभित्र प्रहरी जवानद्धारा आफ्नै कञ्चटमा गोली प्रहार गरी आत्महत्या



काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् ।

दोलखा मेलुङ गाउँपालिका-४ घर प्रहरी जवान २२ वर्षीय अजित गोले आफैँले बोकेको हतियारले टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।


उनी संसद भवनको दुई नम्बर गेटको शौचालयमा गोली लागेको अवस्थामा मृत भेटिएका हुन् । प्रहरी जवान गोले २०७८ मा प्रवेश गरेका थिए । उनी बिहान ड्युटी गरिरहेका थिए । सोही क्रममा उनले शौचालयमा गएर आफूले बोकेको पेस्तोल आफूमाथि प्रहार गरेको स्रोतले जनाएको छ ।