संसद्मा गृहमन्त्रीको प्रतिबद्धता: नागरिकलाई सरकार छ भन्ने महसुस गराउँछौ



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आाफूहरु नागरिकलाई सरकार भन्ने महसुस गराउन लागिपरेको जनाकएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले शून्य र विषेश समयमा उठाएका विभिन्न प्रश्नहरुको जवाफ दिनेक्रममा लामिछानेले सो कुरा बताएका हुन् ।


उनले भने, ‘आम नागरिकलाई सरकार छ, राज्य छ। हाम्रो अकालमा ज्यान गुमाउन पर्दैन। हाम्रो जनधनको क्षति हुँदैन भन्ने कुराको महसुस गराउन सक्ने गरी पूर्व तयारी गरिएको छ।’