व्यासको पुनःमतगणना गर्ने उच्चको फैसलाविरुद्ध मेयर न्यौपाने सर्वोच्चमा, २७ गतेलाई तोकियो पेशी

काठमाडौं । उच्च अदालत पोखराले तनहुँको व्यास नगरपालिकाको मेयर पदको मतगणना पुन गर्न भनेपछि नगर प्रमुख वैकुण्ठ न्यौपाने सर्वोच्च अदालत पुगेका छन् । यसको पेसी जेठ २७ गते आइतबार तोकिएको छ।

उनले आज उच्च अदालतको आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा रिट हालेका हुन् । उनले उच्च अदालतले आफूलाई अन्याय गरेको भन्दै न्यायको माग गरेका छन् । कांग्रेसबाट निर्वाचित भएका न्यौपानेविरुद्ध उनीसँगै प्रतिस्पर्धामा उत्रिएका स्वतन्त्र उम्मेदवार दिपक जोशीले पुन मत गणना गर्न माग गरेर उच्च अदालतमा रिट हालेका थिए ।

गत जेठ १ गते व्यास नगरपालिकाको पुन:मतगणना गर्न उच्च अदालतका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले आदेश दिएको थियो। निर्वाचन आयोगबाट सम्पूर्ण कागजपत्र मगाएर ती कागजपत्र अध्ययन गर्दा निर्वाचनमा खसेको मत र बदर मत जम्मा मतसँग नमिलेको आदेशमा उल्लेख छ। असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना गर्न भन्दै अदालतले नै तिथिमिति तोकिदिएको थियो।

व्यास नगरपालिकाको मतगणना रोक्न माग गर्दै न्यौपाने पुगे सर्वोच्च, २७ गतेलाई तोकियो पेशी
काठमाडौं,२४ जेठ । उच्च अदालत पोखराले तनहुँको व्यास नगरपालिकाको मेयर पदको मतगणना पुन गर्न भनेपछि नगर प्रमुख वैकुण्ठ न्यौपाने सर्वोच्च अदालत पुगेका छन् । यसको पेसी जेठ २७ गते आइतबार तोकिएको छ।