विश्वविद्यालय राजनीतिक भागबण्डाको शिकार भयो : प्रभु साह



काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालका विश्विद्यालय राजनीतिक भागबण्डाको शिकार भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद साहले यस्तो बताएका हुन् ।

उनले भने,‘युनिभर्सिटीका जतिपनि पदहरु छन्, ती खिचडी चरित्रको छ । हुँदाहुँदा क्याम्पस चिफसमेत भागबण्डा गरेर लुट्ने अड्डा बनाउने काम भएको छ ।’ उनले शिक्षा भनेको नेपालको लागि भविष्य भएको बताए ।


तर, शिक्षा आर्जन गर्ने विश्वविद्यालयजस्तो पवित्र थलोमा राजनीतिक भागबण्डा गरिनु दुःखद् भएको टिप्पणी गरे । उनले नेपालका विश्वविद्यालयअन्तर्गतका आंगिक कलेजहरुमा निजी व्यापार भैरहेको दाबीसमेत गरेका छन् ।

उनले भने,‘सरकारी कलेजहरुमा पनि निजी कलेजहरुमा जसरी निजी अनुमति लिने र अकुत पैसा उठाएर व्यापार गर्ने परिपाटी छ, यो खुलेआम भ्रष्टाचार हो । यसबारेमा हामी जान्न चाहन्छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here