विश्वकभर नै लोकतन्त्र जोखिममा छ : बाइडेन



अमेरिकी राष्ट्रपति जो बाइडेनले पछिल्लो समय विश्वकभर नै लोकतन्त्र जोखिममा रहेको बताएका छन् ।

दोस्रो विश्वयुद्धको डि–डे अवतरणको अवसरमा बिहीबार आयोजित समारोहमा अमेरिकी राष्ट्रपति जो बाइडेनले पछिल्लो आठ दशकमा कुनै पनि समयको तुलनामा अहिले लोकतन्त्र धेरै जोखिममा रहेको बताएका हुन् ।


“दोस्रो विश्वयुद्धको समाप्तिपछि कुनै पनि समयको तुलनामा विश्वभरमा लोकतन्त्र धेरै खतरामा रहेको समयमा हामी बाँचिरहेका छौँ”, फ्रान्सेली सहर कोलेभिल–सुर–मेरमा उजले चजे, “पृथकतावाद ८० वर्षअघि जवाफ थिएन र अहिले पनि यसको जवाफ छैन ।”

सन् १९४४ जुनमा नर्मन्डी समुद्री तटहरूमा लड्ने अमेरिका र अन्य मित्र देशहरूका सैनिकहरूलाई श्रद्धाञ्जलि दिँदै बाइडेनले ‘बलियो गठबन्धन’ महत्त्वपूर्ण रहेको बताए ।

“मित्र राष्ट्रहरूले ८० वर्षअघि मिलेर जे गरे त्यो हामीले आफैँले गर्नसक्ने भन्दा धेरै थियो”, बाइडेनले भने, “कसरी गठबन्धन– वास्तविक गठबन्धनले हामीलाई बलियो बनाउँछ भन्ने एउटा सशक्त दृष्टान्त थियो, यो एउटा यस्तो पाठ हो जसलाई हामी अमेरिकीहरूले कहिल्यै भुल्नुहुँदैन भनेर म प्रार्थना गर्दछु ।”

राष्ट्रपति बाइडेनले दुई वर्षभन्दा धेरै समयदेखि आक्रमणकारी रुसी सेनासँग लडिरहेको युक्रेनलाई अमेरिकाले एक्लै नछाड्ने बताए । “हामी टाढा जाने छैनौँ किनकि हामीले यस्तो गर्यौँ भने युक्रेन अधीनमा हुनेछ र यो त्यहाँ समाप्त हुनेछैन”, उनले भने ।