विदेशमा बसेर नेतालाई गाली गरेर देश बन्दैन : शङ्कर पाेखरेल



काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजनीतिक दलका नेता, कार्यकर्ता समाजमा आदर्श पात्रको रूपमा स्थापित हुनुपर्नेमा जोड दिएका छन् । एमाले बागमती प्रदेश कमिटीले आज च्यासलमा आयोजना गरेको विभागीय पदाधिकारी तथा जनसङ्गठनका पदाधिकारीसहितको शपथ ग्रहण समारोहका अवसरमा उनले जनतासँग घुलमिल हुने नाममा जे पनि गर्ने भन्ने विषय उचित नभएको बताए ।

महासचिव पोखरेलले एमाले अहिले पनि चुनौतीको बीचमा रहेको भन्दै चुनौतीलाई कामबाट नै समाधान गर्नुपर्नेमा जोड दिए । उनले पार्टीको नेता जनताको बीचमा जाने क्रम घटेको बताए । महासचिव पोखरेलले नेपालको राजनीतिमा युवाको आकर्षण गराउन नसकिएको बताए ।


उनले युवालाई राजनीतिमा नल्याएसम्म पार्टीको भविष्य सुरक्षित नहुने तर्क गरे । महासचिव पोखरेलले आज देशमा रोजगारीको अवसर छैन भनेर विदेश जाने र विदेशमा गएर नेपाल र नेपालको राजनीतिलाई गाली गर्ने क्रम बढेको समेत बताए ।

उनले नेपालबाट युवाहरू रोजगारी खोज्न विदेश गइरहँदा भारतबाट नेपाल आएकाले नेपालमा रोजगारी गरेर ठूलो पैसा भारत लैजाने गरेको बताए । उनले देशलाई समृद्ध बनाउने हो भने देशमा नै भविष्य खोज्नुपर्ने भन्दै विदेशमा बसेर नेता र देशलाई गाली गरेर देश नबन्ने भनाइ राखे । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here