‘लोकल रक्सी विदेशमा निर्यात गरौं, नागरिकको जीवनस्तरमा वृद्धि ल्याऔं’



काठमाडौं । प्रतिनिधि सभा बैठकमा सांसदहरुले लोकल मदिरालाई ब्राण्डिङ गरेर विदेशमा निर्यात गर्नुपर्ने प्रस्ताव गरेका छन् । बिहीबार बसेको सदनको बैठकमा सत्तारुढ दल नेकपा एमालेका सांसद सूर्यकुमारी श्रेष्ठ र माओवादी केन्द्रका सांसद सूर्यमान दोङले लोकल रक्सीलाई ब्राण्डिङ गर्नुपर्ने बताएका छन् ।

श्रेष्ठले कोदो र चामलबाट बन्ने तीनपाने रक्सीलाई ‘ब्राण्डिङ’ गरेर विदेश निर्यात गर्न प्रस्ताव गरेकी छिन् । तीनपानेलाई विदेश सप्लाई गर्न सके देशको आर्थिक अवस्था र जनजातिको जीवनस्तर माथि उठ्ने उनले बताइन् ।


‘जनजातिको सीपले बनाइने कोदो र चामलको तीनपाने अर्ग्यानिक रक्सीलाई ब्राण्डिङ गरेर बोतलमा विदेश सप्लाइ गरौं, देशको आर्थिक अवस्था पनि सुध्रिन्छ, जनजातिको जीवनस्तर पनि उठ्छ,’ सांसद श्रेष्ठले भनिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here