लुम्बिनीमा सरकार विस्तार, माओवादीकी केसी बनिन् मन्त्री



काठमाडौं। लुम्बिनीमा सरकार विस्तार भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सोमबार माओवादी केन्द्रबाट निर्वाचित सांसद कृष्णा केसीलाई मन्त्री नियुक्त गरेका हुन्।

उनलाई आजै प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराएका छ्न।  केसीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको जिम्मेवारी दिइएको छ।


योसँगै लुम्बिनी सरकार १२ सदस्यीय बनेको छ। लुम्बिनीमा यसअघि १० वटा मन्त्रालय रहेकोमा भागबन्डा मिलाउन १२ वटा मन्त्रालय पुर्‍याइएको छ।