रुसको सुदूर उत्तरमा रेल दुर्घटना हुँदा तीनको मृत्यु



उद्धारकर्ताहरूले मुलुकको दुर्गम उत्तरी भागमा पटरीबाट खसेको रेलको भग्नावशेषमा एक किशोरीको तेस्रो शव फेला पारेको रुसी अनुसन्धानकर्मीहरूले बिहीबार बताएका छन् । उक्त रेल आर्कटिक सर्कलको माथि भोर्कुटाबाट यात्रा गरिरहेको बेला थोरै जनसङ्ख्या र कठोर मौसम भएको कोमी रिपब्लिकमा बुधबार साँझ रेलका १४ मध्ये नौ डिब्बा पटरीबाट खसेका थिए ।

सरकारी आरआइए नोभोस्ती समाचार एजेन्सीका अनुसार दुर्घटनाग्रस्त रेलको डिब्बामुनि फेला परेका तीन शवमा पछिल्लो शव १६ वर्षीया किशोरीको थियो । एक अज्ञात महिलााले एजेन्सीलाई दुर्घटनामा मर्नेमध्ये सुदूर उत्तरी सहर सालेकहार्डमा ऊर्जा कर्मचारी रहेका उनका श्रीमान् पनि रहेको बताइन् । दस जनालाई घाइते अवस्थामा अस्पतालमा भर्ना गरिएको छ ।


कोमीका गभर्नर भ्लादिमिर उइबाले आफ्ना बुबाआमासँग यात्रा गरिरहेकी १४ वर्षीय बालिकाको अवस्था ‘चिन्ताजनक’ रहेको र घाइते एक जनालाई हेलिकप्टरबाट निकालिएको जानकारी दिए । उक्त रेल कृष्ण सागरबाट नोभोरोसिस्कतर्फ जाँदै थियो । यो यात्रा पाँच दिनभन्दा बढी लाग्छ । रेलमा एक सय ९५ यात्री र २० कर्मचारी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here