रास्वपा अनुशासन आयोगले महामन्त्री ढकाललाई सोध्यो स्पष्टीकरण



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले पार्टी महामन्त्री मुकुल ढकाललाई स्पष्टीकररण सोधेको छ। महामन्त्री ढकालले पेश गरेको प्रतिवेदनलाई लिएर स्पष्टीकरण सोधिएको हो।

बुधबार पार्टी सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई महामन्त्री ढकालले जेठ ६ गतेबाट झन्डै एक महिना स्थलगत अध्ययन गरी दलभित्र र बाहिरका ३,००० जनाभन्दा बढीसँग अन्तरक्रिया गरेर तयार पारेको प्रतिवेदन बुझाएका थिए।


प्रतिवेदनको निष्कर्ष सुनाउने क्रममा महामन्त्री ढकालले घण्टीमा “कालो बादल मडारिएको” उल्लेख गर्दै अहिलेको अवस्थामा “पार्टी राष्ट्रिय पार्टी मात्रै बन्न सक्ने र केही सीटहरू मात्रै जित्न सक्ने” र अवस्थामा सुधार नआए त्यो अवस्था पनि नरहने बताएका थिए।

उनले तल्लो स्तरबाट आफूले सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा पनि काठमाण्डूका महानगरका प्रमुख बालेन्द्र शाहसहितका स्वतन्त्र मेयरसँग मिल्नका लागि सबैभन्दा उपयुक्त हुने सुझाव आएको जनाएका थिए।

महामन्त्री ढकालले रास्वपाबाट नागरिकले आशा गरेका भन्दै अहिले पार्टीको जनमत “एकदमै निराशाजनक” रहेको र आशा जगाउन काम गर्नुपर्ने आवश्यकता रहेको औँल्याएका थिए।

आयोगले महामन्त्री ढकाललाई अनुशासन भंग गरेको भन्दै स्पष्टीकरण सोधेको बताइएको छ। आज (शुक्रबार) महामन्त्री ढकाललाई स्पष्टीकरण पत्र थमाइएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here