राष्ट्रपति पौडेल स्वदेश फिर्ता



काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन्। अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी स्वीट्जरल्याण्डको जेनेभा गएका थिए।

पौडेलको स्वागतका लागि उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ट, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री प्रचण्ड, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीहरू रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।


राष्ट्रपति पौडेल जेठ ३१ गते सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजित ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ को उद्घाटन मञ्चमा प्रमुख वक्ताका रूपमा उभिएका थिए।

भ्रमणकै क्रममा पौडेल असार १ गतेबाट जर्मनीको बर्लिन प्रस्थान गरेका थिए। जर्मनीका राष्ट्रपति फ्रैङ्क-वाल्टर स्टीनमेयरको निमन्त्रणामा उनले जर्मनीको औपचारिक भ्रमण गरेका हुन्।

जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल स्विट्जरल्याण्डबाट शनिबार राति जर्मनी पुगेका थिए। राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति डा फ्रयाङ्क वाल्टर स्टीनमेयरबीच हिजो जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो।

सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here