रामबहादुर बञ्जन बाल यौन दुराचार मुद्दामा दोषी ठहर



काठमाडौं । सर्लाही जिल्ला अदालतले रामबहादुर बञ्जनलाई बाल यौन दुराचार मुद्दामा दोषी ठहर गरेको छ । जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बञ्जनलाई उक्त मुद्दामा दोषी ठहर गरेको हो ।

बञ्जनलाई गत पुस २४ गते प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो । उनलाई उक्त मुद्दामा सजाय भने पछि निर्धारण हुनेछ । बञ्जनविरुद्ध विभिन्न जिल्लाहरुमा यौन दुराचार गरेको, मानिस बेपत्ता पारेको लगायतका आरोप छन् ।


आफूलाई तपस्वी दाबी गर्ने बञ्जन लामो समयदेखि प्रहरीको फरार सूचीमा थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here