रघुजीले भने- भारतसँगको सीमानामा काँडेतार लगाऔं



काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले मधेश प्रदेशमा शान्ति सुरक्षा खलबलिँदै गएकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद पन्तले खुला सीमानाका कारण मधेशमा आपराधिक घटनामा वृद्धि भएको बताए । उनले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी वललाई आवश्यक जनशक्ति उपलब्धि गराउन । विस्तारै भारतसँगको सीमानामा काँडेतार लगाउन माग गरेका छन् ।


‘खुला सिमानालाई एउटा स्वतन्त्र देशले नियन्त्रित गर्नैपर्छ । हामी एकैपटक पासपोर्ट लागू गर्ने सिस्टममा नजाउँला तर, अचेल राष्ट्रिय परिचयत्रप पनि दिन थालिएको छ । नागरिकता पनि दिन थालिएको छ । उताबाट आउँद्या पनि भारतसँगको आधारकार्ड हेर्न सकिन्छ । यताबाट जाँदा पनि नागरिकताको प्रतिलिपी हेर्न सकिन्छ । विस्तारै काँडेतार लगाउँदै सीमालाई व्यवस्थित बनाउन सकिन्छ । विस्तारै पासपोर्ट सिस्टममा जानै पर्छ । यसको लागि सशस्त्र प्रहरी वललाई स्रोत साधन, जनशक्ति र अरु जेजे सुविधा चाहिन्छ दिनुपर्छ । जहाँ जहाँ सशस्त्र प्रहरीवल बसेको छ । त्यहाँ सीमा सुरक्षीत पनि भएको छ । त्यस्लै तराई, मधेशमा बिग्रदै गएको शान्तिसुरक्षालाई सुधार गर्नका लागि आन्तरिक रुपमा नेपाल प्रहरी र सीमाका लागि सशस्त्र प्रहरीलाई व्यवस्थित बनाउनुपर्छ’ उनले भने ।