युरोकपमा पोल्याण्डको लगातार दोस्रो हार



काठमाडौँ । पोल्याण्डले जारी युरोकपमा लगातर दोस्रो हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा अस्ट्रियासँग ३-१ को हार बेहोरेसँगै पोल्याण्डले  युरोकपमा लगातार दोस्रो हार बेहोरेको हो ।

पोल्याण्डले यस अघि पहिलो खेलमा नेदरल्याण्डससँग २-१ को हार बेहोरेको थियो । लगातार दुई खेलमा हार बेहोरेपछि पोल्याण्ड युरोकपबाट बाहिरिने लगभग निश्चित बनेको छ ।


यस खेलमा अस्ट्रियाको जित,आ गेरनट ट्राउनर, क्रिस्टोफ बाउमग्राटनर र मार्को अर्नाउटोभिकले एक एक गोल गरेका थिए । त्यस्तै पोल्याण्डका लागि एक गोल क्रीजीसटफ पिआटेकले गरेका थिए ।

यो जितपछि अस्ट्रियाको २ खेलमा ३ अंक भएको छ र समुहमा तेस्रो स्थानमा छ भने पोल्याण्डले लगातार दोस्रो हार बेहोरेको छ ।

अब समुह चरणको अन्तिम खेलमा पोल्याण्डले जुन २५ मा फ्रान्ससँग खेल्ने छ भने अस्ट्रियाले सोहि दिन नेदरल्याण्डसको सामना गर्ने छ ।