यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ४८ पैसा रहेको छ ।


पाउन्ड स्टर्लिङ एकको खरिद दर १७० रुपैयाँ २१ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ ९८ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५५पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।