भोटरसमेत नरहने भन्दै राप्रपाको महिला संगठनकी अध्यक्ष अञ्जना शाहले छाडिन् पार्टी



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला संगठनकी अध्यक्ष अञ्जना शाह रावलले पार्टी परित्याग गरेकी छन् । शाहले बुधबार अध्यक्ष पदबाट राजीनामा दिँदै पार्टी परित्यागको घोषणा गरेकी हुन् ।

उनले प्रथम महाधिवेशनबाट गतवर्ष वैशाख २५ मा अध्यक्ष भएर धेरै काम गर्दा पनि असहयोग भएको भन्दै असन्तुष्टि जनाएकी छन् ।


उनले भनेकी छन्, ‘आजको दिनदेखि राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको केन्द्रीय अध्यक्ष पदबाट राजीनामा दिँदै मलगायत सम्पूर्ण मेरो परिवार राष्ट्रिय प्रजातन्त्र पार्टीको साधारण सदस्य र यो पार्टीको भोटरसमेत नरहने जानकारी दिन चाहन्छु ।’