![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको आरोपमा फरार रहेका थप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बेचन झा रहेका छन् । उनलाई शुक्रबार राती काठमाडौंबाट पक्राउ गरिएको हो । यसअघि प्रहरीले शुक्रबार नै पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापालाई पक्राउ गरेको थियो ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
पक्राउ परेका झामाथि बिचौलियालाई गृहमन्त्री, सचिव लगायतसँग भेट गराइदिन मध्यस्थकर्ताको रूपमा भूमिका खेलेको आरोप छ ।
परिसरले गरेको पहिलो चरणको अनुसन्धानमा उनी पक्राउ परेका थिएनन्।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)