भारतमा प्रधानमन्त्री प्रचण्डलाई ‘अगतिलो स्वागत’ भएको भन्दै ज्ञानबहादुर शाहीको आपत्ति



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहणमा सहभागी भएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतले राम्रो सम्मान नदिर्एको टिप्पणी गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकको विषेश समयमा बोल्दै शाहीले प्रधानमन्त्रीको हंसियतामा प्रचण्ड भारत गएका हुन् कि पुष्पकमल दाहाल को भन्दै प्रश्न गरे । उनले विदेशीहरु नेपाल आउँदा तामझाम गरिएपनि नेपालका प्रधानमन्त्रीलाई भारतमा गतिलो स्वागत नगरिएको दाबी गरे ।


‘हाम्रो धर्तीमा र लोकमा विशेषगरि हिमालय पर्वतमा जन्मिएका मानिसले ज्ञानको ज्यौति फैलाउँछन् । भन्ने कुरा प्रष्ट लेखिएको छ । तर, हाम्रो देशको पपराष्ट्र नीति पञ्चशीलताका आधारमा बनेको छ । परराष्ट्र नीतिमा यहि बलियो खम्बा कोही हो भने त्यो राजा महेन्द्र हो’ उनले भने ‘हाम्रो देशको प्रधानमन्त्री भारत भ्रमण गर्नुहुन्छ । उहाँ व्यक्तिगत रुपमा पुष्पकमल दाहालका रुपमा नगएर सम्माननीय प्रधानमन्त्रीको रुपमा जानु भएको हो । भारतले गर्ने आत्मसम्मान यो प्रधानमन्त्रीलाई गरेको आत्मसम्मान हो कि सिंगो नेपाललाई ? । यो सम्मान हेर्दा यस्तो लाग्छ कि कुनै प्रदेशको मुख्मन्त्री । भारत गईरहेको छ । त्यहाँको प्रधानमन्त्रीको शपथमा हाजिर लगाईरहेको छ । भारतमा त्यस्तो हुन्छ । तर, नेपालमा आउँदा तामझामसहितको रोइलो किन ?’ ।