बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

आइतबार प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ३ सय रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँले बढेर प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here