बजेट सम्बन्धी छलफलमा अर्थमन्त्री अनुपस्थित, संसद बैठक १५ मिनेटका लागि स्थगित



काठमाडौं। प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ।

संसदमा बजेटसम्बन्धि छलफल जारी रहेका बेला अर्थमन्त्री वर्षमान पुन उपस्थित नभएको बताउँदै राप्रपा अध्यक्ष माग गरेपछि सभामुखले बैठक १५ मिनेटको लागि स्थगित गरेका हुन्।


बजेट सम्बन्धि छलफलमा अर्थमन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको बताउँदै राप्रपा अध्यक्ष लिङ्देन सभामुखको ध्यानाकर्षण गराएका थिए ।

सभामुखले अर्थमन्त्री राष्ट्रिय सभा बैठकमा रहेकाले केही समयमा आउने भन्दै १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।