फोर नेसन्सका कपका लागि नेपाली टिमको घोषणा



काठमाडौँ । लेबनानमा हुने फोर  नेसन्स कपका लागि नेपाली महिला राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । बुधबार मुख्य प्रशिक्षक राजेन्द्र तामाङले गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २२ सदस्यीय टोली घोषणा गरेका हुन् ।

गोलरक्षकमा एञ्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, डिफेन्डरमा अमृता जैसी, गिता राना, हिरा कुमारी भुजेल, विमला विक, निशा थोकर, पुजा राना, समिक्षा घिमिरे, मिडफिल्डरमा रेनुका नगरकोटे, सरु लिम्बु, अनिता बस्नेत, सविता रानामगर, दिपा शाही, अनिता केसी, प्रिती राई, अमिषा कार्की, विमला चौधरी तथा फरवार्डमा सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ छन् ।


प्रतियोगिता असार २६ देखि साउन १ सम्म त्रिपोली अन्तर्राष्ट्रिय फुटबल मैदानमा हुनेछ। नेपालले असार २६ मा जोर्डनसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यसैगरी नेपालले असार २९ मा बंगलादेश र साउन १ मा घरेलु टोली लेबनानको सामना गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here