फिभद्वारा आधिकारिक रूपमा पेरिस सन् २०२४ महिला टोलीहरूको घोषणा



भलिबलको विश्व सञ्चालक निकाय फिभले पेरिस सन् २०२४ ओलम्पिक खेलकुद महिला भलिबल प्रतियोगिताका लागि योग्य टोलीको आइतबार औपचारिक घोषणा गरेको छ ।

डिफेन्डिङ च्याम्पियन संयुक्त राज्य अमेरिका, तीन पटकको ओलम्पिक च्याम्पियन चीन, विश्व च्याम्पियन सर्बिया र हालको भीएनएल (भलिबल नेसन्स लिग) च्याम्पियन टर्किए सबै पेरिस सन् २०२४ का लागि १२ टोलीमा परेका छन् ।


उक्त टोलीको पूर्ण सूची निम्नानुसार छ ः

ब्राजिल, चीन, डोमिनिकन रिपब्लिक, फ्रान्स, इटाली, जापान, केन्या, नेदरल्यान्ड्स, पोल्यान्ड, सर्बिया, टर्कीए र संयुक्त राज्य अमेरिका । ओलम्पिक भलिबल प्रतियोगिता जुलाई २७ देखि अगस्ट ११ सम्म फ्रान्सको राजधानीको साउथ पेरिस एरिनामा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here