प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार मध्यान्ह दुई नेताबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।

भेटमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने र सरकार संचालनका विषयमा छलफल भएको बताइएको छ । यसअघि एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।


कुराकानीको विषय बाहिर नखुलाइएपनि एमाले र कांग्रेसका शीर्ष नेताको भेटवार्तालाई महत्वका साथ हेरिएको छ । खासगरी बजेटका कारण नेकपा एमाले माओवादीसँग रुष्ट देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here