प्रधानमन्त्रीलाई सरुवा बढुवातिर लाग्ने होइन, ‘पोलिसी म्याटर’मा जाउँ भनेको छुः अध्यक्ष ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले नियुक्ति, सरुवा र बढुवामा नअल्झिन आग्रह गरेका छन् ।

आइतबार एमालेको कृषि विभागले आयोजना गरेको ’नीति संवाद कार्यक्रम’मा अध्यक्ष ओलीले कृषि लगायतका क्षेत्रमा नीतिगत काम गर्नुपर्ने अवस्थामा सानातिना नियुक्ति, सरुवा र बढुवामा अल्झिन नहुने बताएका हुन् ।


उनले कृषि क्षेत्रलाई आधुनिकीकरणतर्फ लानका लागि नीतिगत व्यवस्था गर्नुपर्ने बताए । उनले भने,’मैले सरकातिर पनि प्रधानमन्त्रीज्यूलाई पनि भनेको छु हामी सानातिना नियुक्ति, सरुवा, केजाती बढुवामा नअल्झिउँ । पोलिसी म्याटरमा जाउँ ।’

उनले विज्ञहरूसँग छलफल गरेर कुन क्षेत्रमा कस्ता नीतिगत परिवर्तन आवश्यक छ भन्ने कुरा पत्ता लगाउन आवश्यक रहेको बताए । नेपालमा टुक्राटाक्री जग्गा जमिन रहेको तर त्यसलाई व्यवस्थित गरी खेती गर्नेतर्फ काम नभएको र नीति पनि नरहेको उनको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here