प्रतितोला ८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?



काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बिहीबार सुनको मुल्य तोलामा ८ सयले घटेर तोलाको १ लाख ४० हजार ८ सयमा कारोबार भएको छ।

यस अघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ६ सयमा कारोबार भएको थियो।


त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४० हजार १ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here