![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। गएको शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला एक हजार ६ सय रूपैयाँले बढेको छ भने चाँदी प्रतितोला २० रूपैयाँले महँगिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार ८ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ४२ हजार एकसय रूपैयाँ निर्धारण गरिएको छ। चाँदी आज प्रतितोला एक हजार ८ सय २० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)