प्रतितोला एक हजार रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो प्रतितोला एक लाख ४२ हजार रुपैयाँ पुगेको सुनको मूल्य आज एक हजार रुपैयाँले घटेको हो ।    

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ४१ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४० हजार ३ सय रुपैयाँ रहेको छ ।


त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८३५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।