प्रजातन्त्र सेनानी संघमा ८३ सदस्य मनोनित



काठमाडौं । नेपाली कांग्रेसले भातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ८३ सदस्य  मनोनयन गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण दाहालको अध्यक्षतामा गठित सेनानी सङ्घमा उनीहरूलाई आज मनोनयन गरेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।