पोखरेल एआइजी बढुवाका लागि सिफारिस



काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

गृह मन्त्रालयले रिक्त अतिरिक्त महानिरीक्षक पदमा पोखरेललाई बढुवाका लागि सिफारिस गरेको हो । बढुवा समितिको बैठकले बढुवा सिफारिसको निर्णय गरेको हो ।


प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उप–नियम ९४० अनुसार सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ ।