![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
काठमाडौँ । नेपाली कांग्रेसले अत्यावश्यक पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री वितरणमा अवरोध हुँदा उपभोक्ताले निर्वाध रुपमा प्रयोग गर्न पाउने हकबाट वञ्चित भएकामा सरकारको ध्यानाकर्षण गराएको छ ।
पार्टीको आपूर्ति तथा उपभोक्ता विभागले आज जारी गरेको विज्ञप्तिमा पेट्रोलियम पदार्थको अभावमा नागरिक आतङ्कित बन्ने वातावरण बनेकाले तत्काल आपूर्ति व्यवस्था सहज गराउन सरकारसँग माग गरेको हो ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
विभागका प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले वार्ता र संवादमार्फत् समस्याको समाधान गर्न नेपाल सरकार, नेपाल आयल निगम, निगमको सञ्चालक समिति, निगम व्यवस्थापन र पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घसँग माग गरे ।
बजारमा कृत्रिम अभाव, कालोबजारी हुँदै आपूर्तिको शृङ्खलासमेत बिग्रने हुँदा अत्यावश्यक वस्तुमा बन्द, हड्ताल र अवरोध गर्न नपाइने व्यवस्थाविरुद्ध कानुन बमोजिम कारबाही गर्न समेत कांग्रेसले माग गरेको छ । विधिको शासन र कानुनी राज्यको अनुभूतिका लागि आवश्यक व्यवस्था मिलाई संविधान प्रदत्त उपभोक्ताको मौलिक अधिकार संरक्षण र प्रवर्द्धनका लागि कांग्रेसले सरोकार भएका सबैसँग अनुरोध गरेको छ ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)