पूर्व गृहमन्त्री बादलका छोरा प्रतिकलाई भोलि अदालत पेश गरिने



काठमाडौं । पूर्व गृहमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई आइतबार अदालतमा पेश गरिने भएको छ ।

भुटानी शरणार्थी प्रकरणमा अदालतले उनलाई पक्राउ अनुमति दिएसँगै फरार भएका उनी शुक्रवार पक्राउ परेका थिए । थापा १४ महिना अघिदेखि प्रहरीको फरार सूचीमा थिए ।


प्रतीकविरुद्ध ठगी, सकारी कागजात किर्ते र राष्ट्रहित प्रतिकुल कामका लागि संगठित अपराधमा मुद्दा दर्ता भैसकेको हुनाले उनलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्दैन । आइतबार कार्यालय समय सुरु भएपछि उनलाई अदालतमा उपस्थित गराइने छ ।

उनीविरुद्ध ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर गरेको आरोप छ । सबै कसुर जोड्दा उनलाई २४ वर्ष कैद सजाय माग दाबी गरिएको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा प्रतीकको पनि संलग्नता खुलेको अभियोग पत्रमा उल्लेख छ । प्रतिकले नक्कली भुटानी शरणार्थी प्रकरणमा विचौलियाहरुसँगको भेटघाटको जक्सन काठमाडौंको नक्सालस्थित निलगिरी होटललाई बनाएको अभियोग पत्रमा उल्लेख छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा यसअघि पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणलगायतका उच्च पदस्थ अधिकारीहरु पक्राउ परिसकेका छन् । उक्त प्रकरणमा पक्राउ परेका खाण अहिले धरौटीमा रिहा भएका छन् भने रायमाझी कारागार चलान भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here