पाल्पाको निस्दीमा जिप दुर्घटना हुँदा ९ जना घाइते



पाल्पा । पाल्पाको निस्दीमा आइतबार बिहान भएको जिप दुर्घटनामा ९ जना घाइते भएका छन् ।

होराइजन डेन्टल अस्पताल रामपुर पाल्पाबाट मित्यालको भिरपानीमा डेन्टलसम्बन्धी शिविरमा गई फर्कने क्रममा रामपुरतर्फ जाँदै गरेको बा १५ च ५९४ नम्बरको स्कर्पियो जिप आफैं अनियन्त्रत भई सडकको बाँया साइडको भित्तामा ठोक्किएर दुर्घटनामा परेको हो ।


घाइते सबैको रामपुर अस्पताल पाल्पामा उपचार भइरहेको छ।  रामपुर अस्पतालले थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here