पार्टी विभाजनविरुद्ध उपेन्द्रले दायर गरेको रिट ‘हेर्दाहेर्दै’ मा



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउने अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा दायर गरेको रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।

आज (शुक्रबार) उपेन्द्रले दायर गरेको रिट सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाई भएको थियो । सुनुवाइ नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । अब आगामी आइतबार उक्त मुद्दा सोही इजलासमा सुनुवाइ हुनेछ ।