पानामा पेपर्स मुद्दामा २८ प्रतिवादीलाई सफाई



पानामाको एक अदालतले ‘पानामा पेपर्स’ अन्तर्राष्ट्रिय कर छली काण्डको केन्द्रबिन्दु रहेको कानुनी संस्था (ल फर्म) मोसाक फोन्सेकामा सम्पत्ति शुद्धिकरण (मनी लाउन्ड्रिङ)को आरोप लागेका २८ जनालाई शुक्रबार सफाइ दिएको छ ।

सफाइ पाउनेमा कम्पनीका संस्थापक जर्गेन मोसाक र रेमन फोन्सेका पनि रहेका छन् । रेमनको मे महिनामा पानामाको एक अस्पतालमा मृत्यु भइसकेको छ ।


गत अप्रिलमा पानामा सिटीमा भएको सुनुवाइका क्रममा अभियोजन पक्षले दुवैलाई १२ वर्षको जेल सजाय माग गरेको थियो ।

तर न्यायाधीश बालोइसा माक्र्विनेजले कानुनी ल फर्मको सर्भरबाट लिइएको प्रमाण प्रक्रियाअनुसार सङ्कलन नगरिएको पाइएपछि उक्त जोडी र अन्य २६ जनालाई सफाइ दिएका छन् ।

‘बाँकी प्रमाणहरू प्रतिवादीहरूको आपराधिक जिम्मेवारी निर्धारण गर्न पर्याप्त र निर्णायक नभएको’ फैसला न्यायाधीशबाट भएको अदालतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सन् २०१६ मा मोसाक फोन्सेकाबाट चुहावट भएका कागजातहरूले विश्वका कति धनाढ्यहरूले अफशोर कम्पनीहरूमा सम्पत्ति लुकाएका थिए भन्ने खुलासा गरेको थियो ।

बेलायतका पूर्वप्रधानमन्त्री डेभिड क्यामरून, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, फुटबल स्टार लियोनल मेस्सी, अर्जेन्टिनाका तत्कालीन राष्ट्रपति माउरिसियो म्याँक्री र स्पेनी फिल्म निर्माता पेड्रो अल्मोडोभरलगायतलाई पनि मुद्दा चलाइएको थियो ।

पनामाका अभियोजकहरूले मोसाक र फोन्सेकाले अपारदर्शी कम्पनीहरू सिर्जना गर्न मद्दत गरेको आरोप लगाएका थिए । कम्पनीमा जर्मन बहुराष्ट्रिय सिमेन्सका अधिकारीहरूले कम्पनीको आधिकारिक खाताभन्दा बाहिर लाखौं यूरो जम्मा गरेका थिए ।

उनीहरूमाथि अर्जेन्टिनामा भएको ठूलो ठगीबाट पैसा झिक्न सहयोग गरेको आरोप पनि लगाइएको थियो। मोसाक र अन्य प्रतिवादीका वकिल गुइलेर्मिना म्याकडोनाल्डले भने, “न्याय भएको छ, हामी न्यायाधीशको फैसलाबाट अत्यन्त सन्तुष्ट छौं।”

उनले भने, “तर, हामी अलि दुःखी छौं सुनुवाईका क्रममा हामीले रेमन फोन्सेकालाई गुमाएका छौँ र उहाँले यो नतिजा देख्न सक्नुभएन । यसप्रति हामी दुःखी छौँ ।”

‘इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्ट्स (आईसीआईजे)’ ले सन् २०१६ को अप्रिल ३ मा ‘पानामा पेपर्स’ प्रकाशन सुरु गरेको आठ वर्षपछि यो मुद्दाको सुनुवाइ सुरु भएको हो ।

मोसेक फोन्सेकाबाट एक करोड १५ लाख भएका कागजातमा आधारित यो अनुसन्धानले विश्वभरका व्यक्तित्वहरूले कर छल्न वा सम्पत्ति शुद्धीकरण गर्न सम्पत्ति, कम्पनी, सम्पत्ति र मुनाफा कसरी लुकाएको छन् भन्ने खुलासा गरेको छ ।

अनुसन्धानअनुसार, यसका लागि उनीहरूले केही अवस्थामा अवैध गतिविधिहरूबाट आएको फर्ममार्फत् कम्पनीहरू सिर्जना गरेकोे, बैंक खाता खोलेको र पैसा लुकाउन धेरै देशहरूमा उप शाखा (फाउन्डेसन) हरू सिर्जना गरेको देखिएको छ ।

यस काण्डले मोसाक फोन्सेकालाई बन्द गरायो र पानामाको अन्तर्राष्ट्रिय छविलाई अपतटीय कर छलिका रूपमा व्याख्या गरिएको थियो ।

अपतटीय कम्पनीहरू आँफैमा अवैध छैनन्, र तिनीहरूलाई प्रयोग गर्नका लागि धेरै वैध कारणहरू छन् । तर तिनीहरूलाई आपराधिक गतिविधिबाट प्राप्त आयलाई शुद्धीकरण गर्न वा दुरुपयोग वा राजनीतिक रूपमा असुविधाजनक सम्पत्ति लुकाउन पनि प्रयोग गर्न सकिन्छ ।

“वास्तवमा त्यहाँ ठूलो अन्याय भएको छ,” मोसाकले सुनवाई को समापन पछि भने । “मेरो साथी र मसँग काम गर्ने सबै व्यक्ति गम्भीर, इमानदार र सही थिए्,” उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here