पाँच वर्ष प्रचण्डलाई एकलौटी सरकार चलाउन दिए अहिलेको भन्दा राम्रो गर्नुहुन्छ : विप्लव



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेट सरकारमै बसेको पार्टीले र आफ्नै पार्टीका मन्त्रीले समेत ठिक छैन भन्नु सरकार सुरक्षित नहुनु भएको बताएका छन् ।  

उनले प्रचण्डलाई पाँच वर्ष एकलौटी सरकार चलाउन दियो भने अहिलेको भन्दा राम्रोसँग काम गर्ने समेत बताए ।


सोमबार शहीद तथा बेपत्ता परिवारले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले भने,  ‘प्रचण्डलाई पाँच वर्ष एकलौटी सरकार चलाउन दियो भने अहिलेको भन्दा राम्रोसँग चल्छ । उहाँलाई काम गर्न दिइएको छैन । एउटा रणनीति बनाएर दिनोस्’, प्रचण्डको समर्थन गर्दै विप्लवले भने, ‘उहाँलाई साँझ बिहानै कुर्सी बचाउन ठिक्क छ । पख दिउँला खालास भन्ने बाहेक केही गर्न पाएका छैनन् । तैपनि उहाँलाई तनाव छ । अर्थमन्त्रीले बजेट ल्याएका छन् । सरकारमै बसेको पार्टीले पनि ठिक छैन भनेको छ । हुँदाहुँदै आफ्नै पार्टीका मन्त्रीले समेत ठिक छैन भनेको छ । यस्तो तरिकाबाट कसरी चल्छ ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here