नेपाल आइडल विजेता करण परियारलाई ओलीले दिए सारङ्गी उपहार



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आइडल सिजन–५ का विजेता करण परियारलाई बधाई दिएका छन् । आज (आइतबार) अपरान्ह पार्टी मुख्यालय च्यासलमा बोलाएर करणलाई बधाई दिनुको साथै सारङ्गी उपहार दिएका छन् ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले पनि करणलाई बालुवाटारमा बोलाएर सम्मान गरेका थिए । सो अवसरमा प्रधानमन्त्री दाहालले करणलाई गितार उपहार दिएका थिए ।


करणलाई बधाई दिएका ओलीले फेशबुकमा लेखेका छन्–‘समय पाएका बेला मैले करण परियारको सुमधूर गायन सुनेको थिएँ। नेपाल आइडल सिजन ( ५ को विजेता घोषित हुँदा प्रतिभाको कदर भएको महसुस गरेको थिएँ। आज भेट भयो, खुसी लाग्यो। फेरि पनि बधाई करण!’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here