नामिबियामाथि इङल्याण्डको फराकिलो जित



काठमाडौँ । इङल्याण्डले जारी टी-२० विश्वकप अन्तर्गत नामिबियालाई ४१ रनले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा इङल्याण्डले नामिबियालाई डक वर्थ लुइस नियम अनुसार ४१ रनले पराजित गरेको हो । 


बर्षाले प्रभावित भएको खेल १०-१० ओभर खेलाइएको थियो । इङल्याण्डले दिएको १२६ रनको लक्ष्य पछाएको नामिबियाले १० ओभरमा ३ विकेट गुमाउदै ८४ रन बनाएको थियो ।

यसअघि इङल्याण्डले पहिला ब्याटिंग गर्दिया १० ओभरमा ५ विकेट गुमाएर १२२ रन बनाएको थियो । वर्षाले खेल अवरुद्ध भएपछि डक वर्थ लुइस नियम अनुसार नामिबियाले १० ओभरमा १२६ रनको लक्ष्य पाएको थियो ।
यो जितपछि इङल्याण्डको ४ खेलमा ५ अंक भएको छ र समुह बी मा दोस्रो स्थानमा उक्लिएको छ ।

अब इङल्याण्डको सुपर आठको यात्रा अस्ट्रेलिया र स्कटल्याण्डबीचको खेलको नतिजाले तय गर्ने छ । अस्ट्रेलियाले यो खेल जितेमा इङल्याण्ड सुपर आठमा जाने छ भने स्कटल्याण्डले जितेमा इङल्याण्ड बाहिरिने छ ।

त्यस्तै नामिबिया भने विश्वकपबाट बाहिरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here