नक्कली भुटानी शरणार्थी प्रकरणः बादल पुत्र प्रतीकको मुद्दामा भोलि थुनछेक बहस



काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाको मुद्दामा भोलि थुनछेक बहस हुने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा गत शुक्रबार पक्राउ परेको प्रतिकलाई आज (आइतबार) जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले काठमाडौंबाट पक्राउ गरेपछि प्रतीकलाई प्रहरी वृत्त बौद्धमा राखिएको थियो । उनीविरुद्ध ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर गरेको आरोप छ । सबै कसुर जोड्दा उनलाई २४ वर्ष कैद सजाय माग दाबी गरिएको छ ।


नेपालीलाई नक्कली भुटानी शरणार्थी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा प्रतीकको पनि संलग्नता खुलेको अभियोग पत्रमा उल्लेख छ । प्रतिकले नक्कली भुटानी शरणार्थी प्रकरणमा विचौलियाहरुसँगको भेटघाटको जक्सन काठमाडौंको नक्सालस्थित निलगिरी होटललाई बनाएको अभियोग पत्रमा उल्लेख छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा यसअघि पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणलगायतका उच्च पदस्थ अधिकारीहरु पक्राउ परिसकेका छन् । उक्त प्रकरणमा पक्राउ परेका खाण अहिले धरौटीमा रिहा भएका छन् भने रायमाझी कारागार चलान भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here