देशको राजनीति तरल अवस्थाबाट गुज्रिरहेको छ: नेता कोइराला



काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको राजनीति तरल अवस्थाबाट गुज्रिरहेको बताएका छन्।

बुधबार काठमाडौंमा नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल बैंक लिमिटेडको अधिवेशन उद्घाटन गर्दै कोइरालाले डेढ वर्षमा केन्द्र र प्रदेश गरि ८ वटा सरकार २३ पटक परिवर्तन हुनुलाई राजनीतिक दलहरुले अन्त्यन्तै गम्भीर ढंगले समिक्षा गर्नुपर्नै समेत बताए।


राजनीतिक वा सरकारको स्थिरता बिना मुलुकमा आर्थिक विकास हुन नसक्ने भन्दै अस्थिरता अन्त्यका लागि संविधान संशोधन गर्नुपर्ने उनले बताए।

कोइरालाले कांग्रेस अहिले विपक्षमा रहेकाले सरकारमा जान कुनै हतारो नरहेको स्पष्ट पारे। विभिन्न प्रकरणमा अख्तियारले, निर्वाचन आयोगले, सीआईबीले दुःख दिइरहेको भन्दै यस विषयमा राजनीतिक दलहरुबीच छलफल हुन जरुरी रहेको उनको भनाइ छ।

उनले सुशासन, पारदर्शी र भ्रष्टाचारका कुराको छिनोफानो गरेर अघि जान नसके देश पनि अघि जान नसक्ने धारणा राखे।