देउवाले बोलाए पदाधिकारी बैठक



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक डाकेको छ । सोमबार दिउँसो २ बजेका लागि पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाइएको हो ।

बैठकमा समसामयीक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताईएको छ । शनिबार सभापति देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार निवास बालकोटमै पुगेर भेटेका थिए।


शनिबार नेपाली देउवा श्रीमती तथा सांसद आरजु देउवा राणालाई लिएर ओली निवास बालकोटमा पुगेका थिए । देउवा ओलीबिचको भेटवार्ताले राजनीतिक वृत्तमा तरङ्ग फैलिएको छ ।

देउवाले शनिबार ओलीसँग भेटेर सहकार्यको प्रस्ताव अघि सारेका छन् ।

एमाले र कांग्रेसबीचको वार्ता सकारात्मक बनेपछि निर्णय गर्णय गर्न देउवाले बैठक डाकेको स्रोतको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here