दुई ठाउँबाट चुनाव जितेका राहुल गान्धीले केरलाबाट राजीनामा दिने, प्रियंका चुनाव लड्ने



भारतीय नेशनल कांग्रेसकाका नेता राहुल गान्धीले केरलाको वायनाड सिटबाट राजीनामा दिने भएका छन् । हालै सम्पन्न लोकसभा निर्वाचनमा राहुलले उत्तर प्रदेशको रायबरेली र केरलाको वायनाड गरि दुई ठाउँबाट चुनाव जितेका थिए ।

कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले राहुल गान्धीले केरलाको वायनाड सिटबाट राजीनामा दिने जानकारी दिएका हुन् । यस बारेमा निर्णय गर्ने आज अन्तिम दिन हो । अब कांग्रेसले वायनाडको उपचुनावमा प्रियंका गान्धीलाई चुनाव लडाउने भएको छ ।


समाचार एजेन्सी एएनआईलाई अध्यक्ष खड्गेले भने- ‘राहुल गान्धी दुई सिटबाट निर्वाचित भएका छन् । कानुन अनुसार उनले एउटा सिट खाली गर्नुपर्छ र उनी एउटा सिटमा सांसद रहन सक्छन् । हामीले निर्णय गरेका छौँ कि राहुल गान्धी रायबरेली सिटबाट सांसद हुनेछन्, किनभने उनको परिवार पहिलेदेखि नै रायबरेलीसँग नजिक छ ।’

राहुल गान्धीले समाचार एजेन्सी एएनआईलाई रायबरेली र वायनाड दुवैसँग आफ्नो हृदयको सम्बन्ध रहेको बताए । उनले प्रियंका गान्धी वायनाडबाट चुनाव लड्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here