![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
तनहुँ। भानु नगरपालिकाका दुई वडा जोड्ने ढाँडखोला निबुस्वाँरामा एक सय २० मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु भएको छ ।
भानु नगरपालिका, झोलुङ्गे पुल क्षेत्रफल कार्यक्रम, गण्डकी प्रदेश सरकारको सहयोगमा निर्माण हुने पुलको शनिबार शिलान्यास भएको हो । भानु नगरपालिका–१ साखेटार र वडा नं ५ ढाँडखोला जोड्ने पुल निर्माणका लागि सङ्घीय सरकारको ८५ प्रतिशत, स्थानीय सरकारको १३ प्रतिशत लगानी रहने छभने स्थानीय उपभोक्ताले दुई प्रतिशत साझेदारी गर्ने छन् ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
भानु नगरपालिका–५ का वडाध्यक्ष नहकुल अधिकारीले पुलको शिलान्यास गरेका हुन् । उनका अनुसार रु ७१ लाख ३१ हजार पाँच सय १८ को लागतमा पुल निर्माण हुनेछ । विसं २०८० जेठ ३ गते पुल निर्माणको सम्झौता भएको थियो । सम्झौताअनुसार आगामी असार मसान्तसम्ममा निर्माण पूरा गर्नुपर्ने छ ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)