टी-२० विश्वकपमा आज दुई खेल हुँदै



काठमाडौँ । जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज दुई खेल हुदै छन् । आज समुह बी अन्तर्गत अस्ट्रेलिया र स्कटल्याण्डबीच खेल हुँदै छ ।

सेन्ट लुसियास्थित डारेन समी नेशनल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुने छ ।


जारी विश्वकपमा अस्ट्रेलिया लगातार तीन खेलमा जित हासिल गर्दै सुपर आठमा पुगिसकेको छ । त्यस्तै यस खेलको नतिजाले सुपर आठमा समुह बी बाट पुग्ने दोस्रो देशको टुंगो लाग्ने छ । यो खेल स्कटल्याण्डले जितेका स्कटल्याण्ड सुपर आठमा पुग्ने छ । त्यस्तै अस्ट्रेलियाले जितेमा भने इङल्यान्डको सम्भावना बन्ने छ । स्कटल्याण्डको ३ खेलमा २ खेल र एक खेल बर्षाले रद्ध हुदा ५ अंक रहेको छ र अहिले दोस्रो स्थानमा रहेको छ ।

अस्ट्रेलिया र स्कटल्याण्डबीच अहिलेसम्म टी-२० अन्तर्राष्टिय खेल भएको छैन र दुवै देशबीच यो पहिलो पटक खेल हुँदै छ ।

त्यस्तै आज दोस्रो खेल समुह ए अन्तर्गत पाकिस्तान र आयरल्याण्डबीच हुदै छ । दुवै देश सुपर आठको दौडबाट बाहिरिएकाले यस खेलको नतिजाले कुनै अर्थ भने राख्दैन । समुह ए बाट भारत र अमेरिका सुपर आठमा पुगिसकेका छन् । पाकिस्तानले अहिलेसम्म ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने आयरल्याण्डले ३ खेलमा २ हार बेहोरेको छ भने एक खेल बर्षाले रद्ध भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here