टी-२० विश्वकपमा आज तीन खेल हुँदै



काठमाडौँ । जारी टी-२० विश्वकपमा आज तीन खेल हुँदै छन् ।

पहिलो खेल नेपालले बंगलादेशसँग खेल्दै छ । सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५: १५ बजेदेखि हुँदै छ । नेपाल सुपर आठको दौड बाट भने बाहिरिएको छ । नेपालले पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने दोस्रो खेल श्रीलंकासँग बर्षाले रद्ध भएको थियो । त्यस्तै तेस्रो खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि नेपाल सुपरआठको दौडबाट बाहिरिएको थियो । तर बंगलादेशका लागि भने सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । बंगलादेशको अहिले २ खेलमा ४ अंक रहेको छ र समुह डी मा तेस्रो स्थानमा छ । 


त्यस्तै दोस्रो खेल सेन्ट लुसियास्थित डारेन सामी स्टेडियममा नेदरल्याण्डस र श्रीलंका बीच बिहान ६: १५ बजेदेखि हुँदै छ । समुह डी मा नेदरल्याण्डसपनि सुपर आठको दौडमा कायम रहेको छ । नेदरल्याण्डस र श्रीलंकाबीचको खेल नेदरल्याण्डसले जितेमा र बंगलादेश नेपालसँग पराजित भएको अवस्थामा नेदरल्याण्डस सुपर आठमा पुग्ने अवस्था छ । यस समुहबाट श्रीलंका पनि सुपर आठको दौडबाट बाहिरिएको छ ।

त्यस्तै आज तेस्रो खेल समुह सी अन्तर्गत न्यूजील्याण्ड र पिएनजीबीच हुँदै छ । नेपाली समय अनुसार राति ८: १५ बजेदेखि हुने यो खेलको नतिजाले कुनै असर भने गर्ने छैन । किनकी समुह सी बाट दुवै देश बाहिरीइसकेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here