टी-२० विश्वकपमा आज चार खेल हुँदै



काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत आज चार खेल हुँदै छन् । आज नेपालले विहान ५; १५ बजेदेखि नै दक्षिण अफ्रिकासँग खेल्दै छ ।

समुह डी अन्तर्गतको यो खेल सेन्ट भिसेन्टस्थित अरनोस भाल स्टेडियममा हुदै छ । दक्षिण अफ्रिकाले यस विश्वकपमा लागातर तीन खेल जितेर सुपर आठमा पुगिसकेको छ भने नेपालको २ खेलमा एक अंक रहेको छ । नेपाललाई सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको  छ ।


त्यस्तै आज दोस्रो खेल समुह सी अन्तर्गत न्यूजील्याण्ड र युगाण्डाबीच हुँदै छ । ट्रीनिडाडस्थित ब्रायन लारा स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६ :१५ बजेदेखि शुरु हुँदै छ । समुह सी बाट न्यूजील्याण्ड र युगाण्डा दुवै सुपर आठको दौडबाट बाहिरिएकाले यस खेलको नतिजाले कुनै असर भने गर्ने छैन ।

त्यस्तै आज तेस्रो खेल समुह ए अन्तर्गतको भारत र क्यानडावीच हुँदै छ । फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ । जारी विश्वकपमा समुह ए बाट भारत तीन खेलमा जित हासिल गर्दै ६ अंकसहित सुपर आठमा पुगिसकेको छ । त्यस्तै क्यानडाले भने अहिलेसम्म ३ खेलमा एक जित हासिल गर्दै २ अंक हासिल गरेको छ । क्यानडाले आजको खेल जितेमा सुपर आठको दौडमा रहने छ ।

त्यसैगरी आज चौथो खेल समुह बी अन्तर्गत इङल्याण्ड र नामिबियाबीच हुने छ । यस विश्वकपमा इङल्याण्डले अहिलेसम्म ३ खेलमा ३ अंक हासिल गरेको छ र सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ । इङल्याण्डले यो खेल जितेर हाल दोस्रो स्थानमा रहेको स्कटल्याण्ड अस्ट्रेलियासँग पराजित भएमा मात्र सुपर आठमा पुग्ने सम्भावना रहन्छ ।

त्यसपछि पनि रनरेटको हिसाब हुने छ । त्यस्तै नामिबिया भने अहिलेसम्म ३ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ र सुपर आठको दौडबाट बाहिरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here