टी–२० आईमा सन्दीपको एक सय विकेट पूरा



काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले टी२० आईमा १०० विकेट पूरा गरेका छन् । सोमबार विश्वकप टी २० प्रतियोगिताको बंगलादेशसँगको खेलमा उनले दुई विकेट लिएसँगै १०० विकेट पूरा गरेका हुन् । सन्दीपले ५४ औं खेलमा १०० विकेट पूरा गरेका हुन् ।

सोमबार उनले बंगलादेशका जाकिर अली र तान्जिम हसन सकिबको विकेट लिए । सन्दीप सबैभन्दा छिटो १०० विकेट लिने विश्वका दोस्रो खेलाडी हुन् । अफगानिस्तानका रासिद खानले ५३ खेलमा १०० विकेट लिएका थिए । बंगलादेश अहिले ब्याटिङ गरिरहेको छ । उसले ८ विकेट गुमाएर ८१ रन बनाइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here