जी–७ नेताहरूको अर्को शिखर सम्मेलन क्यानाडाको कानानास्किसमा हुने



क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानाडाले जी–७ नेताहरूको अर्को शिखर सम्मेलन कानानस्किस अल्बर्टामा सन् २०२५ मा आयोजना गर्ने घोषणा गरेका छन् । क्यानाडाले शिखर सम्मेलन आयोजना गर्ने यो सातौँ पटक हुनेछ ।

रकी माउन्टेनहरूमा मनोरञ्जन र पर्यटनको लागि प्रख्यात कानानास्किस क्यालगरीबाट ७५ किलोमिटर पश्चिममा छ । यसले सन् २००२ मा, जी–७ को २८ औँ शिखर सम्मेलनको आयोजनासमेत गरेको थियो । उक्त शिखर सम्मेलनको अन्तिम विज्ञप्तिमा मा रूस समूहको वास्तविक पूर्ण सदस्य बन्ने घोषणा गरिएको थियो ।


सन् २०१८ मा क्यानाडाले आयोजना गरेको अन्तिम जी–७ शिखर सम्मेलन विवादित बनेको थियो । त्यसपछि बैठक छाड्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै आफ्ना प्रतिनिधिहरूलाई नेताहरूको सन्देशलाई समर्थन नगर्न निर्देशन दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here