जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादवको एकल उम्मेदवारी



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि मनोनयन दर्ता सकिएको छ ।

गत जेठ २८ गतेदेखि जनकपुरमा जारी रहेको महाधिवेशन नेतृत्व चयन भएसँगै सकिने छ । यसअघि पार्टी अध्यक्ष उपेन्द्र यादवले पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भइसकेको छ ।


पार्टीका विभिन्न पदहरुमा प्रतिस्पर्धाका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । पार्टी अध्यक्षमा भने उपेन्द्र यादव पुन दोहोरिने निश्चित भएको छ । पार्टी अध्यक्षमा उपेन्द्रबाहेक अन्य कसैले पनि मनोनयन दर्ता गराएका छैनन् ।