जङ्गली च्याउ खाँदा बिरामी थप एकको मृत्यु



दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेका थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्क निवासी ५८ वर्षीया पम्फी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

च्याउ खाँदा बिरामी भएको उनको आइतबार उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनए । यसअघि शुक्रबारमात्रै ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको थियो ।


गत असार १ गते ५४ वर्षीय डिलबहादुर गुरुङले घर नजिकको जङ्गलबाट ल्याएको च्याउ खाँदा पाँच जना बिरामी भएका थिए । त्यसमध्ये ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ र ५४ वर्षीय डिलबहादुर गुरुङको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here