![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापासहित तीन जनाविरुद्ध जिल्ला काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । आपराधिक विश्वासघात गरेको आरोपसहित दायर गरिएको उक्त मुद्दामा निर्देशक थापासहित ओएसआर डिजिटलका ओमप्रकाश अग्रवाल र सम्पादक मिलन कुमार श्रेष्ठलाई प्रतिवादी बनाइएको छ ।
पशुपति प्रसाद–२ का निर्माता सुदर्शन बस्नेतले उनीहरुविरुद्ध आपराधिक विश्वासघातको उजुरी दिएका थिए । आपराधिक विश्वासघात गरी चलचित्र पशुपति प्रसाद–२ बाट एक करोड ५० लाख रुपैयाँ अवैध आर्जन गरेको भन्दै सो रकम विगोदाबी गरिएको छ । साथै, प्रतिवादीहरुलाई जनही ७÷७ वर्षको कैद सजायसमेत मागदाबी गरिएको छ ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)